काठमाडौं
आफूलाई भूकम्पपीडित भएको दाबी गर्दै निजी निवास पुनर्निर्माणका लागि दाबी गर्ने २० हजार भन्दा बढी घरपरिवार मापदण्ड बाहिरकै भएको पाइएको छ । "/>

भुकम्पपीडित दाबी गर्ने २० हजार फर्जी

भुकम्पपीडित दाबी गर्ने २० हजार फर्जी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
आफूलाई भूकम्पपीडित भएको दाबी गर्दै निजी निवास पुनर्निर्माणका लागि दाबी गर्ने २० हजार भन्दा बढी घरपरिवार मापदण्ड बाहिरकै भएको पाइएको छ । तीन वर्षको अवधिमा २० हजार ६ सय ९० घरपरिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आधारबिना दाबी गरेको निष्कर्ष निकालेको हो ।

अति प्रभावित १४ जिल्लाबाट भूकम्पपीडित हुँ भनी लाभग्राहीको सूचीमा पर्न करिब साँढे २० हजार घरपरिवारले गरेको प्रयासलाई इन्जिनियरहरुको टोलीले जाँच गरी अयोग्य ठह¥याएको हो । प्राधिकरणले छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको विश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा बुधबार थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गर्नेक्रममा यस्तो तथ्यांक फेला परेको हो ।

प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त तथ्यांकको विश्लेषण गरी भूकम्प अति प्रभावित ११ जिल्लाका ६२ वटा स्थानीय तहका थप १९ हजार चार सय ७१ घरपरिवारलाई पुनर्निर्माण लाभग्राही र १५ हजार सात सय ६६ घरपरिवारलाई प्रबलीकरण लाभग्राहीमा समावेश गरेको हो । यसैगरी बैठकले ११ हजार ४ सय ७५ घरपरिवारलाई गैरलाभग्राहीमा समावेश गर्ने निर्णय गरेको छ ।
अन्नपूर्णबाट

Logo