गृहमन्त्री रामबहादुर थापाले सुशासन र अपराध नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न खेलाडीहरुलाई पनि आह्वान गर्नु भएको छ । गृहमन्त्री थापाले युवाहरु लागू पदार्थ दूव्र्यसनीमा फस्दै गएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्ने काममा सबैले सरकारलाई सहयोग गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।
नेपाल मगर संघले मगर खेलाडीहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले खेलकुद क्षेत्रको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउन चाहेको पनि बताउनु भयो । खेलकुद क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर पनि मुलुकको विकास र समृद्धिमा योगदान दिन सकिने गृहमन्त्री थापाको भनाई छ ।
गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सरकारले खेलकुद क्षेत्रको विकासमा विशेष ध्यान दिएको दावी पनि गर्नु भयो ।





























प्रतिक्रिया