महोत्तरी । महोत्तरीको औरही र गौशाला नगरपालिकाको सीमामा पर्ने जंघानदीको पुल उच्च जोखिममा भएपछि ठूलो सवारीसाधन आवागमनमा रोक लगाइएको छ । "/>

पुल उच्च जोखिममा भएपछि ठूलो सवारीसाधनमा रोक

पुल उच्च जोखिममा भएपछि ठूलो सवारीसाधनमा रोक

केन्द्रबिन्दु
0
Shares

महोत्तरी । महोत्तरीको औरही र गौशाला नगरपालिकाको सीमामा पर्ने जंघानदीको पुल उच्च जोखिममा भएपछि ठूलो सवारीसाधन आवागमनमा रोक लगाइएको छ । 

गतसाता नदीमा आएको भीषण बाढीले पुलको पूर्वीखण्डको दायाँबायाँ छेउको माटो कटान गरिएपछि पुलबाट सवारीसाधन चलाउनमा रोक लगाइएको हो । सो पुलको १ नं पिलरको अवस्था कमजोर भएपछि ठूलो सवारीसधान पूर्णरुपमा रोक लगाएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पुलबाट टेम्पो, जीप लगायतका स–साना सवारीसधान चलाउनको लागि अनुमति दिएको तर ठूलो सवारीसाधनलाई खोलाबाट डाइभर्सन बनाएर ओहोरदोहोर गराउँदै आएको छ । त्यस्तै नदीमा पानी आएको खण्डमा औरहीबाट गौशालातर्फ आउने ठूलो सवारीसाधन बर्दिवास भएर आउने वातावरण मिलाइएको छ । 

एक सय ४९ मिटर लम्बाइ रहेको सो पुलबाट बर्दिवास जलेश्वर, सडकखण्डको साथै सर्लाहीको मलंगवासम्म जानको लागि सहज हुने भएकाले अधिकांशको लागि यो सडकखण्ड नै पहिलो रोजाइमापर्ने गरेको छ । रासस

Logo