डा.केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

डा.केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

डा गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिएको छ। चिकित्सा शिक्षा सुधार लगायतका ७ बुँदे माग राख्दै आमरण अनसनमा बसेका डा.केसीको समर्थनमा सोलिडारिटी फर डा. केसी अलायन्सले विरोध कार्यक्रमको आयोजना गरेको हो।

उनीहरुले डा केसीको माग पूरा गर्नुपर्ने, माफियामुखी चिकित्सा शिक्षा ऐन ल्याउन नहुने लगायतका नारा लगाउँदै नयाँ बानेश्वर पुगेका थिए। डाक्टर केसीका समर्थकले नेकपाको सत्ता, चिकित्सा ऐन बेपत्ता, नागरिक स्वतन्त्रता खोस्न पाइँदैन, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं, ओली सरकार खबरदार मौलिक हकमा किन प्रहार, ओली सरकारको मिसन सिटामोलमा कमिसन, नखाउञ्जेल खाउँ खाउँ लाग्ने खाएपछि गुण तिर्न हतारो के हो ? मार्सी चामलको भात । जस्ता प्लेकार्ड लिएर नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विरोध गरेका थिए।

जुम्लामा अनसनरत केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सदनदेखि सडकसम्म उनको पक्षमा आवाज उठेको छ।

Logo