हिन्दी सिनेमा क्षेत्रका महानायक अमिताभ बच्चन बिभिन्न खेलहरुमा रुचि राख्ने गर्छन । अहिले सँसारभर बिश्वकप फुटबलको माहोलले सबैलाई छोएको बेला उनी पनि फुटबल हेर्न धेरुै उत्सुक देखिएका छन । रसियामा चलिरहेको बिश्वकप फुटबललाई लिएर बिभिन्न भविष्यवाणीहरु पनि हुँदै आएका छन ।
यस बिश्वकपमा बलिउड अभिनेता अमिताभ बच्चनले पनि आफ्नो भविष्यवाणी गरेका छन । उनले यस बिश्वकपका क्वाटरफाईनल खेलहरुमा अँग्रेजी वर्णमालाका ६ र ७ अक्षर आउने देशहरुले बिश्वकप सेमिफाईनलमा स्थान बनाउने बताएका हुन् । नभन्दै हिजो भएको खेलमा उनको भविष्यवाणी सफल भएको छ । हिजोको क्वाटरफाइनल खेलमा ७ अक्षर भएको बेल्जियमले ब्राजिललाई हराएको थियो । र पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई पराजित गरेको छ ।
जस्तै पहिलो खेलमा फ्रान्सको ६ र उरुग्वेको ७ अक्षर बन्छन् नभन्दै ६ अक्षरको फ्रान्सले बाजि मार्न सफल भयो । अर्को खेलमा ब्राजिल ६ र बेल्जियमको ७ अक्षर हुन्छ पछिल्लो खेलमा ७ अर्थात् बेल्जियमको ७ अक्षर हुन्छ र ७ अक्षरको बेल्जियमले नै बाजि मार्न सफल भएको छ ।
अब आज हुने पहिलो खेलमा स्वीडेन ६ र इँग्ल्याणड ७ अक्षरको रहेको छ । पहिलो खेलबाट स्वीडेन विजयी हुने बच्चनको भविष्यवाणिले बताउछ । अर्काे खेलमा रुसको ६ र क्रोयसयाको ७ अक्षर हुन्छ त्यसैले क्रोयसियाले बाजी मार्ने पक्का देखिन्छ ।































प्रतिक्रिया