पत्नी पीडित २ पुरुषले दिए प्रहरीमा उजुरी

पत्नी पीडित २ पुरुषले दिए प्रहरीमा उजुरी

केन्द्रबिन्दु
0
Shares

पर्वत । पर्वतमा श्रीमतीबाट पीडित भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

न्यायका लागि भन्दै जलजला गाउँपालिका–२ धाइरिङका एक पुरुष र कुश्मा नगरपालिका–१ पाङका अर्का पुरुषले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ ।

उनीहरु दुवै जनाले श्रीमतीले छोराछोरी पालनपोषणमा ध्यान नदिएको र घरभन्दा बाहिर बढी समय दिने गरेको भन्दै न्यायका लागि उजुरी दिएको महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज रचना थापाले बताइन् ।

उजुरीउपर जिल्ला प्रहरी कार्यालय पर्वतले पाँङका पीडित पुरुषका श्रीमान्श्रीमती दुवै जनालाई कार्यालयमा बोलाएर मिलापत्र गराएको छ भने जलजलाका पत्नी पीडित व्यक्तिको मुद्दा अझै कानुनी प्रक्रियामा छ।

 

Logo