काठमाडौं

चावहिल साँखु सडक खण्डको जोरपाटीमा शुक्रबार साहित्यकारहरुले सडकमै धान रोपेका छन् । "/>

चावहिल–साँखुको हिलाम्मे सडकमा साहित्यकारहरुको धान रोपाई‌ं !

चावहिल–साँखुको हिलाम्मे सडकमा साहित्यकारहरुको धान रोपाई‌ं !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चावहिल साँखु सडक खण्डको जोरपाटीमा शुक्रबार साहित्यकारहरुले सडकमै धान रोपेका छन् ।
अभिनव साहित्य समाजको अगुवाईमा अन्य केही साहित्यिक संस्थाले राष्ट्रिय धान दिवसको अवसर पारेर हिले सडकमा व्यंग्यात्मक धान रोपाई गरेका हुन् । अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरेले भने, ‘ निर्माणाधीन सडक र ढलका कारण लामो समय देखि धुलो र हिलोमा डुब्न बाध्य पारिएकाले सडकमै धान रोपेका हौं ।’

चावहिल–साँखु सडक खण्डको विस्तार कार्य अगाडि बढाइए पनि दुई वर्ष देखि यो क्षेत्रको आवागमन अवस्था अस्तव्यस्त छ । विस्तारको काम समयमा पुरा नहुँदा सडक हिलाम्मे छ । ‘सडक निर्माण जिम्मा लिएको ठेकेदार र अन्य सरोकारवालासँग सम्पर्क गर्यौं, कुनै सुनुवाई भएन’ घिमिरेले भने, ‘ढल पनि फुट्यो, सडक वेहाल छ । आउजाउ गर्न सक्ने अवस्था छैन । असैह्य भयो । साहित्यकारहरु मिल्यौं , आफ्ना रचना सहित सडकमै कविता वाचन कार्यक्रम पनि गर्यौं ।’ कार्यक्रममा ५१ जना कवि कवयित्री र सयौं संख्यामा सर्वसाधारण सहभागी भए ।
नागरिकबाट

Skip This
Skip This
Logo