ललितपुर

जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ । "/>

ललितपुरमा तोकियो विरोध गर्न पाउने स्थान

ललितपुरमा तोकियो विरोध गर्न पाउने स्थान

केन्द्रबिन्दु
0
Shares

ललितपुर

जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ । समितिको बैठकले जिल्लाका ६ स्थानलाई विरोध प्रदर्शन गर्न पाउने स्थानका रुपमा तोकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

महानगरपालिकामा च्यासलको खेल मैदान, भैँसेपाटी छयासीकोट नजिकैको खाली ठाउँ र धोबीघाट नजिक मलपोखरीको खुल्ला स्थानलाई समितिले विरोध गर्न पाउने स्थानका रुपमा तोकेको छ । जिल्लाकै गोदावरीको बसपार्क नजिकको खाली ठाउँ, बज्रबाराही मन्दिर ढोका नजिकको खुला ठाउँ र लुभुस्थित सशम्भु चौरमा मात्रै विरोध गर्न पाउने निर्णय भएको परिषरले जनाएको छ । यी बाहेक अरु तिर कार्यक्रम गर्दा नियमानुसार कारबाही हुनेछ ।

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा विरोध गर्ने ठाउँ तोक्ने गृह मन्त्रालयको निर्देशन अनुसार प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा बसेको समितिले सो निर्णय गरेको हो । तोकिएका स्थानमा बाहेक अन्यत्र नारा, जुलुस, भेला, जम्मा, विरोध लगायत कार्यक्रम गर्न नपाइने प्रहरी नायब उपरीक्षक चन्दले बताए । तोकिएका बाहेकका स्थानमा विरोध प्रदर्शन गर्दा स्थानीय शासन सञ्चालन ऐनअन्तर्गत कारबाही हुनेछ । यसअघि लगनखेल, जिल्ला प्रशासन कार्यालय अगाडि र कुपण्डोल हुँदै काठमाडौँ सम्म विरोधका कार्यक्रम हुने गरेका थिए ।
रासस

Logo