काठमाडौं ।
फिफा विश्वकप अन्तर्गत आजको पहिलो खेलमा बेल्जियम विजयी भएको छ । नेपाली समयअनुसार पौने ६ बजेबाट सुरु भएको खेलमा बेल्जियमले ट्युनीसियालाई ५—२ गोलले पराजित गर्यो ।
खेलको छैटौँ मिनेटमा बेल्जियमका इडन हजार्डले पेनाल्टी मार्फत गोल गरेका थिए । त्यस्तै १६ औं मिनेटमा लुकाकुको गोलबाट बेल्जियमको २ गोलको अग्रता दिलाए । लुकाकुले गोल गरेको २ मिनेटपछि ट्यूनिशियाका डिलान ब्रोनले गोल गर्दै नतिजा २—१ मा झारे ।
पहिलो हाफमा थपिएको अतिरिक्त समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै ३—१ को अग्रता दिलाए । दोश्रो हाफको ५१ औं मिनेटमा बेल्जियमका हजाडबाट चौथो गोल खायो।
९० औं मिनेटमा बेल्जियमका बात्सुयाइले गोल गर्दै टिमलाई ५—१ को अग्रता दिलाए । अतिरिक्त समयमा ट्युनिसियाका खाज्रीले टिमको तर्फबाट दोस्रो गोल फर्काए । पौने ९ बजेबाट दक्षिण कोरिया र मेक्सिको खेल हुनेछ ।





























प्रतिक्रिया