भक्तपुर

सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ । "/>

भक्तपुरको एक होटलमा भेटियो महिला र पुरुषको शव

भक्तपुरको एक होटलमा भेटियो महिला र पुरुषको शव

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ । होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ र दोलखा बोच गाउँपालिका–८ बस्ने २२ वर्षीया मुन्नी तामाङको शव मृतावस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।

होटलमा मंगलबार दुवै सँगै बस्न गएका श्रेष्ठको कोठाको एटेज बाथरुम भित्रको नुहाउने सावरमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो भने मुन्नी तामाङको शव खाटमा रगताम्य अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धान गर्ने क्रममा कोठाको खानतलासी गर्दा सिसाको टुक्रा समेत फेला परेकाले घटनाबारे हिजैबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । मंगलबार कोठामा गएको मान्छे बुधबार दिउँसो २ बजे सम्म पनि बाहिर ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटना हत्या हुन सक्ने आशंकामा अध्ययन तथा अनुसन्धान शुरु गरेको छ ।
रासस

Logo