काठमाडौं

मंगलबार देखि सुरु भएको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा कांग्रेस शीर्ष नेताहरूले आन्तरिक एकताको संकल्प गर्नुपर्ने धारणा राखे । "/>

कांग्रेस जिल्ला सभापतिको भेला : उद्घाटन कार्यक्रममै असन्तुष्टि

कांग्रेस जिल्ला सभापतिको भेला : उद्घाटन कार्यक्रममै असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मंगलबार देखि सुरु भएको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा कांग्रेस शीर्ष नेताहरूले आन्तरिक एकताको संकल्प गर्नुपर्ने धारणा राखे । तर उद्घाटन कार्यक्रममै गुटगत विभाजन र नेताहरूबीचको मनमुटाव छताछुल्ल भयो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पटक–पटक बोलाउँदा पनि मञ्चमा गएनन् । नेताहरूले प्रदेशगत रूपमा जिल्ला सभापतिहरूलाई छुट्टाछुट्टै भेटेर छलफल गरिरहेका छन् ।

उद्घाटन कार्यक्रममा सभापति शेरबहादुुर देउवाले यसपटक मौखिक भाषण गरेनन् । बोल्दा बिग्रन सक्ने भएकाले १५ मिनेट लामो लिखित मन्तव्य पढे । बाल्यकाल देखि अहिलेसम्म आफ्नो जीवन राष्ट्र, लोकतान्त्र र कांग्रेसमा समर्पित भएको भन्दै उनले पूर्वाग्रह राखेर प्रस्तुत नहुन आग्रह गरे ।

नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइरालाले अब पनि पार्टीलाई एकढिक्का नबनाए झन् कमजोर बन्दै जाने बताए । भेलाबाट निस्किँदा पार्टी एकढिक्का भएको सन्देश व्यवहारले नै दिनुपर्ने जोड उनीहरूको थियो । मंगलबार उद्घाटन मात्रै भएको छ, बुधबार देखि छलफल सुरु हुनेछ ।

उद्घाटन कार्यक्रममा सभापति देउवा, नेता रामचन्द्र पौडेल, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला मात्रै बोले । पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई वक्तामा समेटिएन । यही कारणले सिटौला उद्घाटन समारोहको मन्चमा समेत गएनन्, तलै बसे ।
नयाँ पत्रिकाबाट

 

Skip This
Skip This
Logo