काठमाडौं

उपत्यकाका घरहरुमा रहेका धाराहरुमा पानी आउँदैन । कतै कतै पानी आए पनि त्यो पिउनयोग्य नै हुँदैन । "/>

जारका पानी परिक्षणमा दिसामा पाइने जीवाणु फेला !

जारका पानी परिक्षणमा दिसामा पाइने जीवाणु फेला !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

उपत्यकाका घरहरुमा रहेका धाराहरुमा पानी आउँदैन । कतै कतै पानी आए पनि त्यो पिउनयोग्य नै हुँदैन । जसका कारण उपत्यकावासी ट्यांकर, जार र बोतलको पानी पिउन बाध्य छन् । तर शुद्ध मानिएका त्यस्ता स्रोतका पानीहरुमा पनि विभिन्न खाले रोगका किटाणु भेटिन थालेपछि यतिबेला राजधानीमा पानीको समस्या वढ्दै गएको छ । सरकारले उपत्यकावासीलाई मेलम्चीको आशा देखाएको २ दश भन्दा वढी भइसक्यो तैपनि यसको अझै टुंगो छैन ।

सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन, परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको हो ।

‘कलेज, स्कुल, होटल, सार्वजनिक स्थानमा राखिएका ५० ब्रान्डका पानी परीक्षण गरेका थियौं,’ पन्तले भने, ‘सिल भएका ब्रान्डबाट परीक्षण गर्दा अधिकांशमा जीवाणु फेला पर्‍यो ।’ राष्ट्रिय खानेपानी मापदण्ड अनुसार खानेपानीमा इकोलाई र कोलिफर्म शून्य हुनुपर्छ । नाष्टका अनुसार इकोलाईले हैजा हुन्छ । यसरी शुद्ध मानिएका पानीका जारहरुमा समेत यस्ता जिवाणुहरु भेटिएपछि सर्तकर्ता अपनाउनु जरुरी रहेको विज्ञहरुले बताएका छन् ।

 

Logo