नेकपा सचिवालय वैठक सकियो 

नेकपा सचिवालय वैठक सकियो 


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउसो १ बजे सुरु भएको वैठकमा करिव डेढ घण्टा छलफल भएको थियो। आजको बैठकमा सचिवालयका नौ जना सदस्यहरु नै सहभागि थिए ।

अर्को वैठक अब १० दिनपछि बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

Logo