काठमाडौं
वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज (सोमबार) निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ ५ः३५ बजे वाँसवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो । "/>

देवकोटाको शवयात्रा सहित मंगलबार दाहसंस्कार गरिने

देवकोटाको शवयात्रा सहित मंगलबार दाहसंस्कार गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज (सोमबार) निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ ५ः३५ बजे वाँसवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो । ६४ वर्षिय देवकोटालाई बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि बैशाख पहिलो साता नेपाल ल्याइएको थियो ।

वि.सं. ०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मिएका डा देवकोटाका श्रीमती र तीन छोरी छन् । श्रीमती डा मधु दीक्षित तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले उनको काजकिरिया सात दिनमा सक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पूर्व स्वास्थ्यमन्त्री डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजे देखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका लागि अस्पताल परिसरमा राखिनेछ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रा सहित पशुपति आर्यघाटमा विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गरिनेछ ।

Logo