काठमाडौं ।

फिफा विश्वकप फुटबल अन्तर्गत अहिले केही बेरपछि विश्वकप उपाधि दावेदार राष्ट अर्जेन्टिना र आइसल्याण्डबीचको खेल सुरु हुँदैछ । "/>

अर्जेन्टिना भर्सेस आइसल्याण्डः प्रतिष्ठाको लडाईमा मेस्सी

अर्जेन्टिना भर्सेस आइसल्याण्डः प्रतिष्ठाको लडाईमा मेस्सी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फिफा विश्वकप फुटबल अन्तर्गत अहिले केही बेरपछि विश्वकप उपाधि दावेदार राष्ट अर्जेन्टिना र आइसल्याण्डबीचको खेल सुरु हुँदैछ । आइसल्याण्ड पहिलो पटक विश्वकपमा सहभागि भएको राष्ट्र हो ।

आज खेल सुखद सुरुवातका लागि दुबै देशलाई जित्नुपर्ने दबाब हुनेछ तर अर्जेन्टिना र मेस्सीका लागि जित र प्रतिष्ठा दुबै हुनेछ । यसअघि शुक्रबार भएको खेलमा पोर्चुगलका लागि रोनाल्डोले ह्याट्रिक गरेपछि मेस्सीलाई पनि विश्वकप २०१८ मा बराबरी गरेर सुखद सुरुवात गर्ने दवाव बढेको छ ।

आज आइसल्याण्ड बिरुद्ध हुने खेलमा मेस्सीको जादू कतिको चल्ला ? सबैको चासो अहिले यसैमा टकेको छ । गएराती स्पेनजस्तो शसक्त टोलीविरुद्ध रोनाल्डो एक्लैको प्रदर्शनले सबैलाइ आश्चर्यचकित बनायो । रोनाल्डोको खेल हेरेका विश्वभरका फुटबल प्रशंसकले आज मेस्सिबाट पनि त्यस्तै किसिमको प्रदर्शनको अपेक्षा राख्नु स्वाभाविक हो । पछिल्लो एकदशक विश्व फुटबलमा यिनै दुइ खेलाडीको चर्चा चलिरहेको छ ।

तुलनात्मक रुपमा पोर्चुगलका रोनाल्डोलाई स्पेन बिरुद्ध ह्याट्रिक गोल गर्नु भन्दा आज मेस्सीलाइ आइसल्याण्ड केही सहज देखिएको छ । पोर्चुगल फिफा बरियातामा आफु भन्दा माथीको राष्ट्रसँग भिडेको थियो आज मेस्सि वरियातामा निकै तल रहेको आइसल्याण्डसंग भिड्दैछन् ।

त्यसैपनि राष्ट्रिय टोलीका लागि राम्रो प्रदर्शन गर्न नसकेको आरोपबाट मुक्त हुन खोजिरहेका मेस्सीबाट आज उत्कृष्ट प्रदर्शनको अपेक्षा राख्न सकिन्छ । अर्जेन्टिना र आइसल्याण्ड अहिले सम्म एक अर्कासँग भिडेका छैनन् । अर्जेन्टिनो विश्वकपको समूह चरणमा पछिल्ला सात खेलमा एक खेलमा मात्रै पराजित भएको छ । उसले चार खेलमा जित निकालेको छ भने दुईमा बराबरी भएको छ ।

मेस्सीका उत्कृष्ट १० गोल भिडियोमा

टिमको अवस्था

अर्जेज्टिना

१७ औं पटक विश्वकपमा सहभािग भएको अर्जेन्टिनाले २ पटक विश्वकपको उपाधि कब्जा गरिसकेको छ । रसिया विश्वकपमा उसको यो लगातार १२ औँ सहभागिता हो । त्यसैगरि जर्मनी पछि अर्जेन्टिनाल चार पटक विश्वकपको फाइनलमा पुगेको छ ।

जर्मनी पाँच पटक फाइनलमा पुगेको छ । उसले पछिल्ला १२ विश्वकप मध्ये अर्जेनिटनाले २००२ बाहेक ११ पटक समूह चरण पार गरेको छ । सहभागितामा ११ पटक समूह चरण पार गरेको छ ।

उसले विश्वकपमा समूह चरणमा पछिल्लो पटक भएका १५ मध्ये १२ खेल जितेको छ । यस्तै पछिल्ला तीन विश्वकपमा उसले हरेक पटक समूह चरणमा आफ्नो समूहको विजेता बनेको छ ।

आइसल्याण्ड

पहिलो पटक विश्वकपमा सहभागि भएको राष्ट्र हो आइसल्याण्ड । कुल ३ लाख ३४ हजार जनसंख्या रहेको आइसल्याण्ड विश्वकप खेल्नेमध्येकै सबैभनदा सानो देश हो । आइसल्याण्डका गिल्फी सिगुर्डनले विश्वकप छनोटको क्रममा १० खेलमा चार गोल गरेका छन् ।

Logo