बेलुका सफा राखिएको सवारीसाधान बिहान उठेर हेर्दा हिलाम्मे देखिएपछि धेरै जना अचम्मित भए । घरको कौसी, आसपासको बोटबिरुवा सबै हिलाम्मे देखिएपछि धेरैले त केही अनर्थ हुन् लागेको भन्दै सामाजिक संजालमा पोस्ट गरिरहेका छन् ।
केही दिनदेखि नेपालका बिभिन्न क्षेत्रमा हिलोसहितको बर्षा भैरहेको छ । नेपालगञ्ज, बुटवल, वीरगञ्ज, पोखरा, विराटनगर, सिरहा र काठमाडौंसहित देशैभर हिलोसहितको वर्षा भएको हो।
छिमेकी मुलुक भारतमा फैलिएको प्रदेशको प्रदूषणका कारण नेपालमा हिलोसहितको वर्षा भएको मौसमविद्हरुले बताएका छन् । अझै केही दिन यस्तै खाले पानी पर्न सक्ने अनुमांन गरिएको छ । यस्तो पानीमा रासायनिक पदार्थको समेत मिश्रणहुने भएकाले यो पानी संकलन नगर्न सुझाव दिएका छन् ।
कतिपय ठाउँमा आकासे पानीलाई शुद्ध पानीको रुपमा खाने चलन भएकाले अहिलेको अबस्थामा पानी संकलन नगर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।





























प्रतिक्रिया