इदुल फित्र भोलि, होला त बिदा ?

इदुल फित्र भोलि, होला त बिदा ?

केन्द्रबिन्दु
0
Shares

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र मुस्लिमहरुले भोलि मनाउने भएका छन् । 

एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरुले जेठ ३ गतेदेखि रोजा (व्रत) शुरु गरेका थिए । यसलाई रमजान पनि भनिन्छ । पर्व धुमधामसँग मनाउन इस्लाम धर्मावलम्बीहरुले सम्पूर्ण तयारी गरिसकेका छन् । रमजान महिनामा मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने गरिन्छ । 

पर्वको मुख्य दिन भोलि मुसलमानहरुले इदगाहमा गएर सामूहिकरुपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एकापसमा शुभकामना एवं सटासाट गर्दछन् । यस अबसरमा मुसलमानहरुले फित्तरा, जकातका साथै सिधका र हदिया पनि निकाल्ने गर्छन् । फित्तरा जनही एक किलो ७५० ग्राम गहुँको मूल्य बराबर निकाल्नु पर्छ भने जकात सम्पत्ति शुद्धीकरणका लागि सयकडा अढाइ प्रतिशत निकाल्नु पर्छ । यो संकलित रकम यो समुदायले विपन्न परिवार तथा मदर्शा (पाठशाला) मा वितरण प्रदान गरिन्छ । 

रोजा, नमाज, जकात, हज र फित्तरा यी पाँच पाँच आधारभूत कुरा मुसलमानहरुका लागि महत्वपूर्ण भएकाले हजबाहेकका अन्य सबै यस महिनामा प्राप्त हुने गर्छन् । यसैबीच मुसलमान समुदायले सार्वजनिक बिदाको माग गर्दै आए पनि सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

Logo