धनुषा

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले सोमबार नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ । "/>

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरेको अभियोगमा तीन जना पक्राउ

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरेको अभियोगमा तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनुषा

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले सोमबार नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ ।

निगमको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनीयर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याङ्कर व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई प्रहरीले पक्राउ गरेको हो । चार , पाँच दिन देखि पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्न खोजेको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायी माथि निगरानी बढाइएको र बिक्री वितरण रोकेको खण्डमा पक्राउ गरी कारवाही गरिने प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । निगमका कर्मचारी, पेट्रोलियम डिलर्स र ट्याङ्कर व्यवसायी बीचको विवादका कारण धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थ अभाव भएको छ ।

ट्याङ्कर चालकको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एशोसिएसन र पेट्रोलियम ढुवानी संघबीच विवाद हुँदा यस्तो अवस्था सिर्जना भए पनि डिपो प्रमुखले जबर्जस्ती एकाधिकार बढाएको आरोप लगाइएको छ । पेट्रोल पम्पले ट्याङ्कर चालकलाई ढुवानी बापत दिँदै आएको ६०० कटौती गरेपछि चालकले ढुवानी सेवा नै बन्द गरेको बताइएको छ ।
रासस

Logo