वीरेन्द्रनगर

यहाँको एक विद्यालयमा पढिरहेका विद्यार्थी माथि चट्याङ्ग पर्दा दुईजनाको ज्यान गएकोे छ । "/>

स्कुलमै चट्याङ पर्दा पढिरहेका दुई विद्यार्थीको मृत्यु

स्कुलमै चट्याङ पर्दा पढिरहेका दुई विद्यार्थीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

वीरेन्द्रनगर

यहाँको एक विद्यालयमा पढिरहेका विद्यार्थी माथि चट्याङ्ग पर्दा दुईजनाको ज्यान गएकोे छ । चिंगाड गाउँपालिका–४ मटेलाको प्राथमिक विद्यालय धनापानीमा चट्याङ्ग पर्दा दुई विद्यार्थीको मुत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।

आइतबार बिहान ११ बजेतिर कक्षामा दोस्रो विषय अध्ययन गरिरहेकै अवस्थामा तीव्र वर्षासँगै परेको चट्याङ्गबाट मेटलाका ७ वर्षीय अम्बरबहादुर चन्द र अर्की ७ वर्षीया निर्मला चन्दको मृत्यु भएको हो । कक्षामा पढाइरहेका बेला टिनको छाना माथि एक्कासी चट्याङ्ग परेपछि दुईजनाको घटनास्थलमै मृत्यु भएको स्थानीय समाजसेवी डोरप्रसाद शर्माले जानकारी दिए ।

चट्याङ्गबाट घाइते सात मध्ये पाँचजनाको मटेला स्वास्थ्य चौकीमै सामान्य उपचारपछि घर फर्काइएको छ भने, दुईजनाको उपचार भइरहेको छ । कक्षा दुईमा अध्ययनरत ६ वर्षका निर्मल चन्द र पाँच वर्षीया पवित्रा शाहीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । चट्याङ्गबाट विद्यालयमा समेत क्षति पुगेको छ ।
अन्नपूर्णबाट

Logo