काठमाडौँ

मकवानपुर बगैया ८ का जयबहादुर न्याचोर युद्धका घाइते हुन् । तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संर्घषका क्रममा उनी २०६१ चैत २८ गते मकवानपुरको हेटौंडामा घाइते हुन पुगे । "/>

दाहाललार्इ द्वन्द्वका घाइतेको प्रश्न : अब हाम्रो लागि नयाँ पार्टीले के गर्छ ?

दाहाललार्इ द्वन्द्वका घाइतेको प्रश्न : अब हाम्रो लागि नयाँ पार्टीले के गर्छ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मकवानपुर बगैया ८ का जयबहादुर न्याचोर युद्धका घाइते हुन् । तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संर्घषका क्रममा उनी २०६१ चैत २८ गते मकवानपुरको हेटौंडामा घाइते हुन पुगे । माओवादीले घोषणा गरेको आमहड्ताल सफल बनाउने योजनामा लाग्दा सुरक्षाकर्मीको बमको छर्रा लागेर उनी घाइते भए । त्यसपछि उनी प्रक्राउ परे । सुरक्षाकर्मीले चितवनको भरतपुरस्थित मेडिकल कलेजमा ल्याएर उनको उपचार गराएको थियो ।

त्यस घटनामा उनका दुवै हात गुमे, दुवै आँखा गुमे । अहिले उनी सहयोगीको सहारामा हिंड्ने, डुल्ने गर्नुपर्छ । शनिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा पनि छोरीको सहारामा पुगेका थिए । नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटका लागि पेरिसडाँडा पुगेका न्याचोरले आफू जस्तै युद्धघाइतेहरूसँगै बसेर आफ्ना पीडा सुनाए, ‘अध्यक्ष ज्यू, हामीले जीवन कसरी निर्वाह गर्ने ? ’

उमेरले उनी अहिले ४१ वर्ष भए । काठमाडौं भीमसेन गोलामा उनी श्रीमती, चार छोरीहरूसहित भाडाको कोठामा बसेका छन् । दाहालसँगको भेटमा आफूले राखेका गुनासो सुनाउँदै उनले भने, ‘नक्कली घाइतेहरूले विभिन्न विश्वविद्यालय र स्कुलमा आफ्ना छोराछोरी पढाउन छात्रवृत्ति पाएका छन् । मेरा पनि चार छोरी छन्, कहींकतै छात्रवृत्ति पाएको छैन । खर्च जुटाउन नसकेर पढाइ छुटाउनु परेको छ । तर हामी जस्तो वास्तविक घाइतेहरूको बेहाल छ, यसमा पार्टीले के सोचेको छ ? ’

दाहालले विगतमा घाइते, अपांग तथा बेपत्ता र सहिद परिवारका सदस्यलाई प्रमाणपत्र दिने योजना सुनाएका थिए । न्याचोरले दाहालका अगाडि त्यही प्रसंग उठाए, ‘तपाईंले बेपत्ता, सहिद परिवार र घाइते अपांगलाई विशिष्ट प्रकारको प्रमाणपत्रको व्यवस्था गरी जीवन निर्वाहको बाटो बनाइदिने बताउनु भएको थियो, त्यो योजना कहाँ पुग्यो ? ’

जयबहादुर तत्कालीन माओवादी युद्धका त्यस्ता पात्र हुन्, जसलाई घाइते अवस्थामा पक्राउ परेपछि पानी माग्दा सुरक्षाकर्मीले पिसाब खुवाएका थिए । अहिले उनलाई राज्यले जीवन निर्वाह भत्ता भनेर ६२ सय र उनका सहयोगी लाई थप ६२ सय गरी १२ हजार ४ सय रूपैयाँ उपलब्ध गराउँदै आएको छ । तर उनको परिवार त्यो पैसाले जीवन निर्वाह गर्ने अवस्थामा छैन ।

प्रतिनिधि घाइते अपांगका कुरा सुनेपछि अध्यक्ष दाहालले उनीहरूलाई सांगठानिक रूपमा मजबुत भएर आउन आग्रह गरे । ‘सांगठनिक रूपमा एकजुट हुनु भयो भने तपाईंहरूका माग सम्बोधन गर्न दबाब पर्छ, नीतिगत काम गर्न पनि सकिन्छ,’ दाहालको भनार्इ उद्धृत गर्दै एक सहभागीले भने, ‘गृह मन्त्रालय मार्फत अब समस्या समाधानका लागि पहलकदमी लिन्छु ।’ तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पहिलोपटक दाहालले पूर्वमाओवादी सम्बद्ध घाइते अपांगलाई भेटेका हुन् ।
अन्नपूर्णबाट

Logo