काठमाडौँ

रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगतको ९ औं कोरियन भाषा परीक्षामा अरुको नाममा परीक्षा दिने ८५ जनालाई प्रक्राउ गरिएको छ । "/>

कोरियन भाषा परीक्षामा ८५ जना नक्कली परीक्षार्थी

कोरियन भाषा परीक्षामा ८५ जना नक्कली परीक्षार्थी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगतको ९ औं कोरियन भाषा परीक्षामा अरुको नाममा परीक्षा दिने ८५ जनालाई प्रक्राउ गरिएको छ ।

शनिबारबाट शुरु भएको भाषा परीक्षाको पहिलो दिन नक्कली परीक्षार्थी पक्राउ परेको वैदेशिक रोजगार विभाग ईपिएस शाखा नेपालका सुचना अधिकृत शोभाकर भण्डारीले बताए । “विभिन्न परीक्षा केन्द्रमा गरीएको चेकजाँचका क्रममा पक्राउ परेकालाई प्रहरीको जिम्मा लगाईएको छ ।” भण्डारीले भने, “नक्कली परीक्षालाई प्रचलित कानुन अनुसार कारवाई गरिने र कोरियन भाषा परीक्षामा निश्चित समय सामेल हुन नपाउने व्यवस्था छ ।”

कोरियन भाषा परीक्षा शनिबार र आईतबार गरेर ४ सिफ्टमा संचालन भईरहेको शाखाले जनाएको छ । पहिलो दिनको परीक्षामा काठमाडौ, ललितपुर र पोखरा गरेर ३७ हजार ७०३ जनाले परीक्षा दिएका थिए ।
कारोबारबाट

Logo