धादिङ

पृथ्वी राजमार्गस्थित त्रिशुली नदीमा गएराति ट्रक खस्दा दुई जना बेपत्ता भएका छन् । "/>

त्रिशुलीमा ट्रक खस्दा दुई जना बेपत्ता

त्रिशुलीमा ट्रक खस्दा दुई जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

धादिङ

पृथ्वी राजमार्गस्थित त्रिशुली नदीमा गएराति ट्रक खस्दा दुई जना बेपत्ता भएका छन् । भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको सिमेन्ट बोकेको ना ५ ख ३४१५ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित जोगिमाराको तिक्राङखानीबाट त्रिशुली नदीमा खसेको हो ।

बेपत्ता हुनेमा सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीया ट्रक चालक टोपबहादुर श्रेष्ठ, र सोही ठाँउका श्याम रहेका छन् । श्यामको थर खुल्न सकेको छैन । ट्रक सडकबाट करिव ९० फिट तल त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

ट्रकका सहचालक १९ वर्षका तुलसी दुलाल भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा घाइते भएका एक जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ ।
नागरिकबाट

Logo