सोसल मिडियामा छाउने वल्र्डकप गर्ल को हुन्

सोसल मिडियामा छाउने वल्र्डकप गर्ल को हुन्


अहिले विश्वको मिडियामा विश्वकप खेल्ने फुटबलरहरुकै चर्चा भैरहेको छ । यो चर्चामा कुनै खेलाडीको पारिश्रमिकको कुरा अगाडी आएको छ भने कुनैमा खेलाडीको खेल कला त कुनैमा खेलाडीहरुले कस्तो खेल्लान् भनेर ।

खेलाडीहरुको चर्चा भैरहेको विश्वकपको मुखमा अहिले एक रसियन सुन्दरीको नाम पनि आउन थालेको छ । ति रसियन सुन्दरी धेरै रसियन युवाहरुको मनमा बसिसकेकी छिन् भने उनको चर्चा अहिले रसिया भन्दा बहिर पनि हुन थालेको छ ।

फिफा वल्र्ड कप २०१८ को ब्राण्ड एम्बेसडर बनाए देखिनै रसियन मुलकी भिक्टिोरिया लापरेवा चर्चामा रहेकी छिन् । भिक्टोरियालाई यो वल्र्डकपको मुख्य अनुहारको रुपमा बताएपछि अहिले उनी वल्र्डकप गर्लको रुपमा घोषित भएकी छिन् । जसको कारण यो विश्वकपमा उनको चर्चा पनि चुलिने अनुमान गरिएको छ ।

सन् २००३ मा मिस रसियाको उपाधि पाएकी ३४ बर्षिया भिक्टोरिया रसिया भित्र चर्चित अनुहारको रुपमा रहेकी छिन् । भिक्टोरियालाई स्कुल लेभलमा पढ्दा देखिनै मोडलिंगको अफर आएको थियो । तर उनले बिजनेश एडमिनिस्ट्रेसनमा ग्य्राजुएट डिग्रि हासिल गरेपछि सन् १९९९ देखि मात्र मोडलिंगको क्षेत्रमा प्रबेश गरेकी थिईन् । मोडलिंग करिअरकै दौरान उनले सन् २००३ मा मिस रसिया लगायत फेस अफ दि इयरको पनि उपाधि पाएकी थिईन् ।

सोसल मिडिया लगायत टेलिभिजनवाट विश्वकपको प्रचार प्रसारमा जुटिरहेकी भिक्टोरियाको समाजिक संजाल इन्ष्टग्राममा १० लाख फलोअर्सहरु रहेका छन् । जसको कारण उनी सामाजिक संजाल मार्फत् आफ्ना फलोअर्सहरुलाई विश्वकप फुटबल प्रति जागरुक गरिरहेकी छिन् ।

सुन्दरी युवतीहरुको अभाव नभएको रसियामा भिक्टोरियालाई वल्र्डकप गर्ल बनाउनमा रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनको बिशेष रुची रहेको थियो । एक फुटबल प्रतियोगितामा भिक्टोरियाले एंकरिङ गरेको राष्ट्रपति पुटिनले देखेका थिए । रसियाले यो विश्वकपमा वल्र्डकप गर्लको खोजी भएपछि पुटिनले नै भिक्टोरियालाई छनोट गरेका थिए ।

यसो त भिक्टोरियालाई क्लव फुटबल प्रतियोगितामा म्यानचेष्टर युनाईटेड मन पर्छ र उनी आफुलाई यही क्लबको फ्यान रहेको बताउछिन् । भिक्टोरियालाई अहिले चर्चामा रहेका पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी भन्दा फ्रान्सका पल पोग्वालाई बढी मनपराउछिन् । उनको भनाईमा पोग्वा बढी नै स्टाईलिस खेलाडी रहेका छन् । उनका अनुसार रोनाल्डो धेरै नै साधारण खेलाडी लाग्छ र ब्राजिलका नेयमर भने उनलाई स्टाईलिस खेलाडी लाग्छ ।

Logo