काठमाडौं । विभिन्न ठेक्काहरु कब्जामा लिएर बर्षौसम्म काम नगर्ने प्रवृति नेपालमा छ । जसले गर्दा कुनै आयोजनाहरु समयमै सम्पन्न हुन सकिरहेका छैनन् । "/>

यस्तो छ, प्रचण्डका घरबेटीले निर्माण नगरेको सडक (भिडियोमा)

यस्तो छ, प्रचण्डका घरबेटीले निर्माण नगरेको सडक (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विभिन्न ठेक्काहरु कब्जामा लिएर बर्षौसम्म काम नगर्ने प्रवृति नेपालमा छ । जसले गर्दा कुनै आयोजनाहरु समयमै सम्पन्न हुन सकिरहेका छैनन् । तर यो ब्यवहार ईतिहास हुने भएको छ । काम नगरेर बसिरहेका निर्माण व्यवसायीहरुलाई सरकारले डण्डा लगाउँदैछ ।

समयमै निर्माण कार्य पुरा नगरे सरकारले राज्यविरुद्ध जालसाजी, ठगी, भन्दै अपराध मान्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशभरका समयमै निर्माण कार्य सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कारवाही सुरु गरेका छन् । उनले देशभरका स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिँदै समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारहरुको सूची मागिरहेका छन् ।

गृहमन्त्रालयको पछिल्लो एक्सनले ठेकेदारहरु पनि तातेका देखिन्छन् । काम नगर्ने ठेकेदाहरु धमाधम कारवाहीको दायरमा आईरहेका छन् । यस्तै कारवाहीको सूचीमा परेका छन्, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी । खुमलटारस्थित प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीमाथि कारवाही सिफारिस भएको छ ।

शैलुङ कन्सट्रक्सनका मालिक अधिकारीले कमलविनायक–नगरकोट सडकखण्डमा ढिला सुस्ती काम गरेको आरोपमा कारवाही सिफारिस गरिएको हो । गृहमन्त्री थापाले काम नगर्ने जस्तो सुकै ठेकेदार भएपनि कारवाही गरिने बताएकै दिन प्रचण्डका घरबेटी अधिकारीमाथि कारवाही सिफारिस भएको हो । गृहमन्त्री थापाले समेत काम नगरे प्रचण्डको घरबेटी मात्रै होइन जो सुकैलाई पनि नछोड्ने बताएका थिए ।

काम नगर्ने ठेकेदारमाथिको कारवाही तीब्र पारेका गृहमन्त्रीलाई नेकपा अध्यक्ष प्रचण्डका घरबेटी पनि ठेकेदार हुन भन्ने पत्रकार प्रश्नमा उनले भने, ‘तपाईहरुले उठाएको ठेकेदार (प्रचण्डका घरबेटी) मात्रै नभएर सबै ठेकेदार घरधनी नै हुन् । उनीहरु सबैलाई कारवाही हुन्छ ।’

ठेकेदार अधिकारीले ठेक्काका जिम्मा लिएको कमलविनायक–नगरकोट सडक लामो समयदेखि अलपत्र छ । कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडकको बेहाल छ । सम्झौताअनुसार ०७१ को जेठबाट बन्न सुरु भएको यो सडक ०७३ को जेठसम्म बन्नुपर्ने हो । तर, निर्माणको जिम्मा लिएका ठेकेदार अधिकारी कानमा तेल हालेर बसिरहेका छन् ।

ठेकेदार अधिकारीले १६ किलोमिटर लामो सडक निर्माणको कार्य समयमै नसकेपछि कारवाही सिफारिस गरिएको हो । भारतीय एक्जिम बैंकको ३० करोड लगानी रहेको सडकको काम राम्रोसँग नभएको गुनासो स्थानीयले गरेका छन् । अहिलेसम्म सडक निर्माण नहुँदा सर्वसाधारण जताततै खाल्डो भएको बाटो भएर यात्रा गर्न बाध्य छन् ।

सडक निर्माण पूरा नहुँदा स्थानीय पानी पर्दा हिलाम्मे र घाम लाग्दा धूला खाएर यात्रा गर्न विवश छन् । ठेकेदार अधिकारीले २ वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाप्रति अहिलेपनि गैरजिम्मेवार बनेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले कारवाही सिफारिस गरेको हो ।

उनलाई कारवाही स्वरुप कालोसूचीमा राख्न सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गृहमन्त्रालयको निर्देशन बमोजिक काम नगर्ने ठेकेदारहरुमाथि कारवाही सिफारिस गरिएको बताए ।

अधिकारी ठेक्का जिम्मा लिएका कमलविनायक–नगरकोट सडक मात्र नभई अन्य सडक आयोजनाको पनि हालत यस्तै छ । उनले नागढुंगा–कलंकी सडकमा पनि निर्माण जिम्मेवारी पाएका छन् । अधिकारीले उक्त सडक निर्माणको पुरै ठेक्का नलिएपनि ठूलो क्षेत्राधिकार पाएका छन् ।

त्यस्तै अन्य कन्सट्रक्सनहरुसँग मिलेर निर्माण गरिरहेका विष्णु कुण्डली-सिद्धीकाली सडकको पनि यस्तै हालत छ । तोकिएको समयमा काम सम्पन्न नहुँदा सरकार अहिलेसम्म पटक पटक म्याद थप्दै आएको छ ।

१४ करोड रुपैयाँमा ठेक्काको जिम्मा पाएको वनस्थली-बालाजुचौकी-बोहोरेटार सडक निर्माण कार्य कहिले सम्पन्न हुने भन्ने टुंगो लागेको छैन् । त्यस्तै धोबीखोला करिडोर, बुद्धनगर र रत्नराज्य स्कुल पाण्डेश्वर मन्दिर सडक, ढोलाहिटी-सुनकोठी-चापागाउँ-लेले सडक निर्माणमा पनि अधिकारीको निर्माण कम्पनी समालेछ । तर यी सडकहरु कहिलेसम्ममा सम्पन्न हुने हुन् केही भन्न सकिने अवस्था छैन ।

Logo