काठमाडौं
संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको बहस सुरु भएको छ । फोरमले नेकपासँग संशोधन गर्ने सहित दुईबुँदे सहमति गरेपछि फेरि संशोधनको बहस सुरु भएको हो । राजपा र फोरमले ३ असोज ०७२ मा संविधान जारी भएदेखि नै संशोधनको माग राख्दै आएका थिए ।
आन्दोलनका क्रममा फोरम र राजपाले ११ वटा बुँदामा संशोधन खोजेका थिए । अहिले ३ वटा बुँदामा संशोधन भए हुनेमा पुगेका छन् । तर संशोधन बारे अहिलेसम्म प्रयास भने केही पनि भएको छैन । सत्तापक्ष तत्काल संशोधन गर्ने पक्षमा देखिएको छैन । कार्यान्वयनका क्रममा जटिलता देखिए संशोधन गर्दै जाने सत्तापक्षको तर्क छ ।
फोरम र राजपाका नेताहरूको भनाइमा संविधान संशोधन २ असोज भित्र हुन सक्छ । ३ असोजमा संविधान दिवस भएकाले सो भन्दा अगाडि संशोधन हुन सक्ने उनीहरूको आशा छ । राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले फोरमको सरकारमा सहभागितापछि संशोधन हुन सक्ने सम्भावना बढेको बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया