रौतहट
गतबर्ष आएको विनाशकारी बाढीबाट प्रभावित बनेकाहरुले राहत नपाएको भन्दै वडा अध्यक्ष र सचिवलाई तीन घण्टा वडा कार्यालयमै थुनेका छन् । बाढीबाट प्रभावित बनेकाहरुको नाम हटाएर गैरपीडितलाई राहत दिन सिफारिस गरेको आरोपमा दुर्गा भगवती गाउँपालिका २ का बासिन्दाले बडा अध्यक्ष र वडा सचिवलाई कार्यालयमै थुनेका हुन् । दुर्गा भगवती गाउँपालिका २ भलोहियाका बास्तविक बाढी पीडितहरुले वडाध्यक्ष सुरेश चौधरी र सचिव नवल किशोर झालाई बुधवार वडा कार्यालय मै ३ घण्टासम्म थुनेर दुवै विरुद्ध नाराबाजी गरेका थिए ।
स्थानीय सिव कुमार झाका अनुसार गत बर्षको साउन महिनाको अन्तिम साता आएको विनाशकारी बाढीको कारण गाउँमा ठुलो जनधनको क्षति भएपछि स्थानीयले सरकारी निकायबाट पर्याप्त राहत पाएका छैनन् । बाढीको गएको केहि महिना पछि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आउँदा गाउँमा सिंहदरवार आएको र आफूहरुको माग सम्बोधन हुनुका साथै सरकारी राहत पाउने आशामा पीडितहरु थिए ।
तर लामो समय देखि जनप्रतिनिधि विहिन बनेको अवस्थामा नयाँ आएका जनप्रतिनिधिले स्थानीयको पीडामा मल्हम लगाउने गरी आशामा बसेका बाढी पीडितको नाम नै हटाएपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन् । दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियाका बास्तविक बाढी पीडितहरुको नाम हटाएर गैर बाढीपीडितको नाम राखेर जिल्ला विपद व्यवस्थापनलाई क्षतिपुर्तिको लागि नाम सिफारिस गरेपछि आफूहरु वडाध्यक्ष चौधरी र सचिव झालाई उनकै कार्यकक्षमा ११ बजे देखि नै ३ घण्टा सम्म थुन्न बाध्य भएको पीडितहरुले बताए ।
गाउँका सयौं बाढीपीडितहरु विहानै ११ बजे वडा कार्यालय पुगेर वडा अध्यक्ष चौधरी र सचिव झा सहितका पदाधिकारी एवं कर्मचारीहरुलाई कोठामा थुनेर ताल्चा लगाएका थिए । ताल्चा लगाएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गंगापिपरा, सशस्त्र प्रहरी बेस क्याम्प भलोहियाका संयुक्त सुरक्षाकर्मीहरुको टोली वडा कार्यालयमा पुगेर ताला खुलाउने निकै प्रयास गरेपनि स्थानीय सुरक्षाकर्मी असफल भएका थिए ।
नागरिकबाट





























प्रतिक्रिया