पोखरा

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । "/>

पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य

पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य

केन्द्रबिन्दु
0
Shares

पोखरा

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । संष्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्र्तराष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो ।

पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तर्राष्ट्रिय व्यापारिक उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेका छन् । पर्यटनमन्त्री अधिकारीले नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाव दिन गत चैत २५ गते २१ सदस्यीय विज्ञ समूह गठन गरेका थिए । जसमध्ये पूर्वसचिव देउजा, क्याप्टेन पीजे शाह, सिभिल इन्जिनियर कमल केसी, सुमन श्रेष्ठ र प्रभा वैद्यको टीमले निर्माणाधीन र निर्माण भइसकेका विमानस्थलका बारेमा यस्तो प्रतिवेदन तयार पारेको हो ।

सरकारले चीनको एक्जिम बैंकसँगको करिब २१ अर्ब ऋण सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सुरु गरेको २ वर्ष भइसकेको छ । विज्ञ समूहले आगामी ४० वर्षसम्म मुलुकमा हाल निर्माणाधीन र निर्माणको तयारीमा रहेका वाहेक थप अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नरहेको बताएको छ । विज्ञ समूहले २० वर्षमा हवाइ यात्रुको संख्या ३ करोड ३३ लाख ५० हजार पुग्ने अनुमानसहित त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय, गौतम बुद्ध र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त हुने भन्दै थप अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नरहेको बताएको हो । नेपालमा हाल आन्तरिकतर्फ ३२ वटा विमानस्थल सञ्चालनमा रहेकामा २८ वटा घाटामा छन् ।
कारोबारबाट

Logo