राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि आज स्वदेश ल्याइँदैछ।  

नयाँ दिल्लीस्थित मेदान्त अस्पताल उपचाररत राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई स्वदेश ल्याउन लागिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन्। "/>

राष्ट्रकवि घिमिरे आज स्वदेश फर्कंदै

राष्ट्रकवि घिमिरे आज स्वदेश फर्कंदै

केन्द्रबिन्दु
0
Shares

 राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि आज स्वदेश ल्याइँदैछ। 

नयाँ दिल्लीस्थित मेदान्त अस्पताल उपचाररत राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई स्वदेश ल्याउन लागिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन्। ‘भारतमा उपचारमा गराउँदा उहाँ पूर्ण रुपमा स्वस्थ हुनुभएको छ।’, उनले भनिन्,‘त्यसैले अब चिकित्सकको सल्लाहमा उहाँ शनिबार स्वदेश फर्कन थाल्नुभएको हो।’ 

उनका अनुसार राष्ट्रकवि आज बिहान १०ः४० बजे नेपाल वायु सेवा निगमको जहाजबाट स्वदेश फर्कनेछन्। राष्ट्रकवि घिमिरलाई सानो आन्द्राको रक्तस्राव नरोकिएपछि उपचारका लागि गत जेठ ९ गते नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो। उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट)बाट क्याविनमा सारिएको थियो। 

नयाँ दिल्ली जानुअघि उनलाई बैसाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। मेदान्त अस्पतालका चिकित्सक डा. रणवीर सुदको टोली उनको उपचारमा संलग्न थियो । करीब चार महिनादेखि अस्वस्थ ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणा गरेको छ। रासस

Logo