काठमाडौँ

१० वर्षे माओवादी सशस्त्र द्वन्द्वपीडितका नाममा सरकारले करिब साँढे १७ अर्ब रुपैयाँ बाँडेको छ । "/>

१० वर्षमा द्वन्द्वपीडितले बुझे १७ अर्ब ३५ करोड

१० वर्षमा द्वन्द्वपीडितले बुझे १७ अर्ब ३५ करोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

१० वर्षे माओवादी सशस्त्र द्वन्द्वपीडितका नाममा सरकारले करिब साँढे १७ अर्ब रुपैयाँ बाँडेको छ । २०६२,०६३ को जनआन्दोलनपछि गठन भएका ११ वटा सरकारले करिब १७ हजार मृतक, करिब १ हजार ३ सय बेपत्ता परिवार र भौतिक सम्पत्ति गुमाएका भनिएका व्यक्तिका नाममा १७ अर्ब ३५ करोड रुपैयाँ निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

“सशस्त्र द्वन्द्वको क्रममा मृत्युवरण गरेका, बेपत्ता पारिएका, भौतिक सम्पत्ति क्षति भएका, घाइते, अपांग भएका, अपहरणमा परेका व्यक्तिलाई अहिलेसम्म १७ अर्ब ३५ करोड रुपैयाँ प्रदान गरिएको छ,” अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा भनिएको छ । द्वन्द्वमा मारिएका प्रतिमृतकका परिवारलाई जनही १० लाखका दरले आर्थिक सहायता बाँडिएको हो ।

द्वन्द्वमा १७ हजार ८ सय ८६ को मृत्यु र १ हजार ७ सय ३० वेपत्ता गरी १९ हजार ६ सय १६ जनाको मानवीय क्षति भएको विवरण शान्ति तथा पुनर्निर्माण मन्त्रालयसँग छ । मृतक र बेपत्ता भएका परिवारलाई जनही १० लाखका दरले रकम उपलव्ध गराउने सरकारको निर्णय छ । तर अहिलेसम्म तथ्यांकमा उल्लेख गरिएका मृतक र बेपत्ता भएका व्यक्तिका परिवार मध्ये १४ हजार ४ सय १८ जनाका परिवारले मात्रै १० लाख बराबरको राहत सुविधा लिएका छन् ।
कारोबारबाट

Logo