दाङ

गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्धाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझ–बिहान भारतीय भूमिमा पुग्छन् । "/>

वडाध्यक्ष पानी लिन भारततिर !

वडाध्यक्ष पानी लिन भारततिर !

केन्द्रबिन्दु
0
Shares

दाङ

गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्धाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझ–बिहान भारतीय भूमिमा पुग्छन् । उनी मात्र होइन, यस क्षेत्रका सबैै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । “खानेपानीको समस्या छ, त्यसैले म आफैं भारतमा गएर पानी ल्याउने गरेको छु,” वडाध्यक्ष सिद्धीकीले भने, “भारतमा गएर पानी ल्याउनु पर्दा अप्ठ्यारो लाग्ने गरेको छ ।”

आफूले भारतसँग पानी सहज रुपमा उपलब्ध गराउनका लागि समन्वय गरेको उनले बताए । कोइलावासका स्थानीयलाई खानेपानीको लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ । अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए । भारतीय सुरक्षा बलले दिएको पानी ल्याउने गरेको उनको भनाइ छ । केही समय अघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पानी दिने धाराको मोटर बिग्रिएपछि ट्यांकरबाट पानी ल्याएर वितरण गरेको भन्सार प्रमुख केसीले बताए ।

स्थानीय अरिफ सिद्धीकी पनि पानीको ठूलो समस्या रहेको बताउँछन् । “हामी नेपालमा बसेर पनि नेपालको पानी समेत खान पाउँदैनौं । सबै चिजका लागि भारतमै भर पर्नुपर्ने बाध्यता छ,” उनले भने । खानेपानी समस्या समाधानका लागि राज्यले ध्यान नदिएको उनको गुनासो छ ।
कारोबारबाट

Logo