काठमाडौं

विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको आज ६५ वर्ष पुगेको छ । "/>

आज सगरमाथा दिवसः मानव पाइला टेकेको ६५ वर्ष पूरा

आज सगरमाथा दिवसः मानव पाइला टेकेको ६५ वर्ष पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको आज ६५ वर्ष पुगेको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए ।

सोही दिनको स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो ।
संयोग पनि कस्तो परेको छ भने गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ । जनताको त्याग र बलिदानले प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र र सगरमाथा दिवस एकै दिन पर्नुलाई पनि नेपालको आफ्नै महत्व र विशिष्टता छ भन्ने पनि स्पष्ट भएको छ ।

सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनायो । मानिसले सगरमाथा र नेपालको परिचयलाई जोडेर हेर्न समेत थाले । सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेसँगै हालसम्म करीब आठ हजार पर्वतारोहीले शिखर चुमिसकेका छन् । विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ हिमाल मध्ये नेपालमा आठ वटा रहेका छन् । जुन नेपालको आफ्नो सम्पत्ति हो ।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर यो दिवस मनाउन थालिएको हो । यसपटक ११ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको छ । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई महत्व दिएको सन्दर्भमा पनि विश्वको शिर सगरमाथाले आम मानिसको ध्यान केन्द्रित गरेको छ । सगरमाथा आरोहणको ६५ वर्ष वर्ष जस्तै यस वर्षको वसन्त ऋतुमा पनि देश विदेशका पर्वतारोहीले कीर्तिमान कायम गरेर साहसको परिचय दिएका छन् ।

आरोहणमा मात्रै नभई समाचार सम्प्रेषणमा समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको होडबाजी नै चल्ने गरेको छ । त्यसले नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार मात्रै नभई आन्तरिकरुपमा राजश्व वृद्धिमा समेत योगदान पु¥याएको छ । यस वर्षको वसन्तऋतुमा मात्रै ४०० जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहमा होडबाजीका साथै आरोहीले नयाँ कीर्तिमान समेत थप्दै गएका छन् । त्यसमध्यको एक हुन् कामीरिता शेर्पा । शेर्पाले सगरमाथाको २२ पटक आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरे ।

फुर्वा तेञ्जिङ शेर्पाले १३ पटक आरोहण गरी नयाँ रेकर्ड कायम गरे । उनले २४ वर्षको उमेरमा नौ पटक, तीन दिनमा दुई पटक सगरमाथाको चुुचुरोमा पुगेर कीर्तिमान थपे । यसैगरी ल्हाक्पा शेर्पाले नौ पटक सगरमाथाको चुचुरोमा पुगेर महिला आरोहीको नाम विश्व मानचित्रमा दर्ता गराइन् ।
रासस

Skip This
Skip This
Logo