बुटवल

प्रदेश नम्बर ५ को सरकारले गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । "/>

प्रदेश ५ः गणतन्त्र दिवसमा सार्वजनिक बिदा

प्रदेश ५ः गणतन्त्र दिवसमा सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

बुटवल

प्रदेश नम्बर ५ को सरकारले गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विगतका बर्षमा मनाउँदै आइएको गणतन्त्र दिवसको विदा संघीय सरकारले यसपाली देखि कटौती गरेको छ ।

प्रदेश ५ को सरकारले दिवसका दिन जेठ १५ गते मंगलबार प्रदेशका १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरिने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । जेठ १४, १५ र १६ गते साँझ सरकारी कार्यालय, संघसंस्था तथा निवासमा दिपावली गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको मन्त्रालयका सचिव प्रेम भट्टराइले जानकारी दिए ।

प्रदेश सरकारको अधिकार भित्रै रहेर सार्वजनिक बिदा दिने निर्णय मुख्यमन्त्रीको अध्यक्षतामा गठित दिवस मुल समितिले गरेको सचिव भट्टरार्इले बताए । दिवसका लागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा २ सय ५१ सदस्यीय मुल समिति गठन गरिएको छ ।
नागरिकबाट

Logo