काठमाडौँ

सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट तेब्बर बढाउन ‘लबिङ’ गरिरहेका बेला तिनै सांसदले लैजाने रकमको चरम दुरुपयोग हुने गरेको पाइएको छ । "/>

निर्वाचन क्षेत्र विकास कार्यक्रमको चरम दुरुपयोग

निर्वाचन क्षेत्र विकास कार्यक्रमको चरम दुरुपयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट तेब्बर बढाउन ‘लबिङ’ गरिरहेका बेला तिनै सांसदले लैजाने रकमको चरम दुरुपयोग हुने गरेको पाइएको छ । आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा गर्दै गरेको सरकारलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी नेपाली कांग्रेसका सांसदले समेत पूर्वाधार विशेष कार्यक्रमको बजेट तीन करोड रुपैयाँबाट १० करोड बनाउन तिब्र दबाब दिँदै आएका छन् ।

सरकारी निकायको लेखापरीक्षण गर्ने महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदन अनुसार निर्वाचन क्षेत्र विकास पूर्वाधार विकास कार्यक्रमको रकमबाट सांसदहरूले लैजाने रकम वितरणमुखी काममा समेत खर्च हुने गरेको भेटिएको छ । प्रतिवेदन अनुसार सांसदहरूले उक्त रकमबाट योग शिविर चलाएको भनेर प्रशिक्षण भत्तामा समेत सांसद कोषको रकम खर्च गर्ने गरेका छन् । कानुनतः निर्वाचन विकास कार्यक्रमको रकम वितरणमुखी कार्यक्रम, सभा सम्मेलन वा गोष्ठीहरूमा खर्च गर्न पाइँदैन ।

प्रतिवेदन अनुसार जिल्ला समन्वय समिति काठमाडौँले योगशिविर चलाएको भन्दै साढे ३० लाख खर्च गरेको छ । यस्तै जिसस बाराले १७० र रौतहटले ३१४ थान साइकल वितरणमा ३४ लाख २८ हजार खर्च गरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै पर्सामा २८ वटा योजनामा १ करोड ७ लाख ९८ हजारको स्रेस्ता बाढीले भिजेको भन्दै लेखापरीक्षण नै नगरेको पाइएको महालेखाले जनाएको छ ।
कारोबारबाट

Logo