पोखरा

फेवातालमा हावाहुरी तथा चट्याङ्को कारण अलपत्र परेका चार जना आन्तरिक पर्यटकलाई सुरक्षा निकायले सकुशल उद्धार गरेको छ । "/>

फेवातालबाट चार जना पर्यटकको उद्धार

फेवातालबाट चार जना पर्यटकको उद्धार

केन्द्रबिन्दु
0
Shares

पोखरा

फेवातालमा हावाहुरी तथा चट्याङ्को कारण अलपत्र परेका चार जना आन्तरिक पर्यटकलाई सुरक्षा निकायले सकुशल उद्धार गरेको छ । हावाहुरी तथा चट्याङका कारण फेवातालमा अलपत्र परेका उनीहरुको उद्धारमा सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल टावर सुरक्षार्थ खटिएको एपीएफ टोली खटिएको थियो ।

त्यसवेला ती व्यक्तिहरु डुंगा भाडामा लिई फेवातालमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरी, वर्षा र चट्याङको कारण डुंगा अनियन्त्रित भई अलपत्र परेको अवस्थामा एपीएफ टोलीले तत्कालै चार जनाको सकूशल उद्वार गरेको हो ।

सो घटनामा हराईरहेका रामेछापका सुप्रिम लामाको एपीएफ टोलीले व्यापक रुपमा खोजीकार्य गरिरहेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक गौतमराज कुँवरको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई मोटर बोटको सहायताले उद्वार गरेको होे । हराईरहेका व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोली परिचालन गरिएको छ । जीवितै उद्वार गरिएकाहरुमा सिन्धुलीका विशाल थापा, काठमाडौंका अनिल रोक्का, भक्तपुरका मन्दिप महत र शुशिल कुँवर रहेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo