पर्यटकको बसाइ अवधि ३ वर्षयताकै कम

पर्यटकको बसाइ अवधि ३ वर्षयताकै कम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल घुम्न आउने पर्यटकको नेपाल बसाइ अवधि घटेको छ । पछिल्लो तीन वर्षको तथ्यांकमा भन्दा सन् २०१७ मा बसाइ अवधि घटेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१७ मा एक पर्यटक जम्मा १२.६ दिन नेपाल बसेर फर्केका छन् । 

सन् २०१७ मा अहिलेसम्मकै बढी ९ लाख ४० हजार २ सय १८ पर्यटक नेपाल भित्रिएका थिए । तर, बसाइ अवधि भने घटेको हो, जुन ३ वर्षयताकै कम हो । सन् २००९ मा पर्यटकको बसाइ अवधि ११.३२ दिन थियो । 

सन् २०१६ मा पर्यटकको बसाइ अवधि १३.४ दिन रहेको थियो । उक्त वर्ष ७ लाख ५३ हजार २ पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०१५ मा बसाइ अवधि १३.१६ दिन थियो । भूकम्पका कारण पर्यटक आगमनमै गिरावट आएको उक्त वर्षसमेत बसाइ अवधि बढेकोमा यसवर्ष भने घटेको हो । 

कारोबारबाट

Logo