काठमाडौं
निजी आवास पुनर्निर्माण अनुदानका निम्ति लाभग्राही छनोट भएका छन् । लाभग्राहीमा आफू सूचीकृत हुनुपर्ने भन्दै भूकम्प अति प्रभावित १४ जिल्लामा गुनासो दर्ता गराई केन्द्रबाट प्रारम्भिक परीक्षण भई छुट तथा पुनःजाँच सर्वेक्षण कार्यक्रम अन्तर्गत ०७४ भदौ देखि कार्तिकमा स्थलगत रूपमा इन्जिनियर परिचालन गरी संकलन गरिएको तथ्यांकलाई विश्लेषण तथा परीक्षण गरी लाभग्राही पहिचान भएकाले थप नाम छनोट भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले हालसम्म विश्लेषण सकिएका विभिन्न जिल्लाका १८ गाउँपालिका र दुई नगरपालिकाका ५ हजार ३ सय ४४ जनालाई पुनर्निर्माण अनुदान लाभग्राही बनाएको छ ।
भूकम्प अति प्रभावित १४ जिल्लामा ५ हजार ५ सय १ जनालाई प्रवलीकरण लाभग्राहीमा सूचीकृत गरेको छ । प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेका अनुसार हाल धादिङका रुवीभ्याली र थाक्रे, दोलखाका विगु र कालिञ्चोक, गोरखाका सिरानचोक, काभ्रेको बेथानचोक, ओखलढुंगाका चिसंखुगढी र लिखु, रसुवाका गोसाईकुण्ड, कालिका, नौकुण्ड, पार्वतीकुण्ड, उत्तरगया, सिन्धुपलान्चोकका बलेफी, भोटेकोशी, हेलम्बु र जुगल गाउँपालिकाको छनोट कार्य सकिएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया