दमौली
पृथ्वी राजमार्गको व्यास नगरपालिका १२ देउरालीस्थित सडकमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । डुम्रेबाट दमौली आउँदै गरेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकललाई पोखराबाट काँकडभिट्टा जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको हो ।
दुर्घटनामा ज्यान जानेहरुमा वीरगन्ज पटौरा सुगौली निवासी अन्दाजी १८ वर्षका राजा राय र धिरज चौधरी छन् । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । घाइते त्यही ठाउँका भोला चौधरी र सन्जय चौधरीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । प्रहरीका अनुसार डुम्रेस्थित एक हार्डवयरमा कार्यरत साथीकहाँ बिदा मनाउन आएका उनीहरु एउटै मोटरसाइकलमा सवार थिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया