काठमाडौँ

दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ । "/>

फेरि किन सुस्तायो मेलम्चीको काम ?

फेरि किन सुस्तायो मेलम्चीको काम ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ । तर काम भने कछुवाको गतिमा अगाडि बढेको छ । अघिल्लो वर्षको दशैंमा उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका सरेर यस वर्षको दशैं सम्म आइपुगेको छ । तर यस वर्षको दशैं सम्ममा पानी खुवाउने भाका पूरा हुने नहुने अझै पनि निश्चित छैन ।

‘ठेकेदार कम्पनीले काम त गरेको छ तर त्यति गति लिन सकेको छैन।’ –मेलम्ची खानेपानी आयोजनाका एक उच्च अधिकारीले जानकारी दिए । सुरुङ खनेर फिनिसिङको काम गरिरहेको इटालियन कम्पनी सीएमसी दि रिभेनाले विभिन्न बहाना बनाएर पटकपटक गरी पछिल्लो चरणमा पनि काम ठप्प पार्ने देखि काममा ढिलाइ गरिरहेको छ ।

भूकम्प र नाकाबन्दीका बेला काम गर्न नपाएको भन्दै विलम्ब शुल्क माग्ने, निर्माण सामग्री ढुवानी गर्न रकम अभाव देखाउँदै काम ठप्प पार्ने काम ठेकेदार कम्पनीले गरेको छ । पछिल्लो चरणमा ठेकेदार कम्पनीले सिन्धु–ग्याल्थुम खण्डको ब्रेक थ्रु भएपछि झन्डै १५ दिन सम्म रकमको अभाव देखाउँदै निर्माण सामग्री खरिद र ढुवानी गर्न नसकेको भन्दै काम रोकेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo