विराटनगर
सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे) को बयान लम्बिएको छ । बुधबार देखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान शुक्रबार पनि नसकिएको जिल्ला अदालत मोरङका निमित्त स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए ।
सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भएका कारण उनीसँग घटनाबारे विस्तृत रुपमा सोधपुछ गर्नुपर्ने भएकाले बयान लम्बिएको गौतमले बताए । उनका अनुसार आइतबार सम्ममा बयान सकिने संभावना छ । शुक्रबार सम्म गोरेसँग २७ पेज लामो बयान लिइएको छ । पहिलो दिन ६ पेजको बयान लिइएको थियो भने दोस्रो दिन १० र शुक्रबार ११ पेजको बयान लिइएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयान भइरहेको छ । बन्द इजलासमा बयान भइरहेका कारण बयानका बारेमा कुनै पनि कुरा अदालतले सार्वजनिक नगरेको स्रेस्तेदार गौतमले जानकारी दिए । उनले विभिन्न सञ्चार माध्यममा गोरेले बयानमा भनेको भन्दै अनेक खालका समाचारहरू सम्प्रेषण भइरहेको बारेमा अदालतको ध्यानाकर्षण भएको बताएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया