पर्सा
नेपाल–भारतबीचमा रहेका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माणको विषयमा छलफल गर्न दुवै देशका उच्च अधिकारीको वीरगञ्जमा बसेको बैठक सम्पन्न भएको छ । बैठकमा नेपालको बारा/पर्सा र भारत विहारको पूर्वी तथा पश्चिमी चम्पारणको सीमाक्षेत्रलाई व्यवस्थित गर्न छलफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पराजुलीले जानकारी दिए ।
सीमाक्षेत्रलाई व्यवस्थित गर्न नेपाल–भारतबीच रहेको बिग्रिएका वा भत्किएका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माण दुवै देशका प्राविधिकले उचित ठहर गरेको विधि र प्रक्रियाबाट गर्ने सहमति बैठकमा भएको उनले बताए ।
बैठकले सीमक्षेत्रमा देखिएका विवादलाई दुईपक्षीय हितका आधारमा स्थानीयस्तरमै छलफलको माध्यमले समाधानको प्रयास गर्ने र हुन नसके दुवै देशका उच्च तहको छलफलबाटै निकास खोज्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । नेपाल–भारतबीच बाराको सिमानामा पर्ने साना, मझौला तथा ठूला गरी ६८५ सीमास्तम्भ छन् भने पर्सामा एक हजार ५८ सीमास्तम्भ छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया