काठमाडौं
सिन्धुपाल्चोकको याम्बालिङ खोलामा निर्माण हुन लागेको जलविद्युत केन्द्रमा चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले लगानी गर्ने भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ७ दशमलव २७ मेगावाट क्षमताको जलविद्युत केन्द्र निर्माण हुन लागेको हो ।
याम्बालिङ हाइड्रोपावर प्रालिले बुधबार पत्रकार सम्मेलन गरी आगामी दुई वर्ष भित्र याम्बालिङ जलविद्युत आयोजना सम्पन्न हुने जानकारी दियो । प्रालिका अध्यक्ष कमानसिंह लामाले एक अर्ब ४० करोड लगानीमा जलविद्युत केन्द्र निर्माणका लागि सम्झौता भएको बताए । “शुरुमा ७ दशमलव २७ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेपनि आगामी दिनमा ४० मेगावाट उत्पादन गर्ने गरी सम्झौता भएको छ,” उनले भने ।
चालीस मेगावाट जलविद्युत उत्पादनका लागि नौ अर्ब ४० करोड लाग्ने अध्यक्ष लामाले बताए । उनले याम्बालिङ हाइड्रोपावर प्रालिले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्न स–साना आयोजना निर्माण गरेरै भए पनि सरकारलाई साथ दिने लक्ष्य लिएको बताए । “याम्बालिङ खोलामा सदाबहार बग्ने पानीलाई विद्युतमा परिणत गर्ने उद्देश्यका साथ जलविद्युत उत्पादन गर्न लागेका हौँ,” उनले भने ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया