काठमाडौँ
सरकारले निजामती कर्मचारीले अवकाश पाउने उमेर हद ५८ वर्ष नै कायम गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा हालै तयार पारिएको संघीय निजामती सेवा ऐनको मस्यौदामा साविकै प्रावधान कायम राखिएको छ । उक्त मस्यौदाको सैद्धान्तिक सहमतिका लागि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको छ ।
काशीराज दाहालको संयोजकत्वमा गठित उच्चस्तरीय प्रशासन सुधार समितिले अवकाश उमेर ६० वर्ष पु¥याउन सिफारिस गरेको थियो । नेपालीहरूको औसत आयु ७१ वर्ष पुगेको, कर्मचारीको अनुभव र दक्षता सदुपयोग गर्न सकिने, पेन्सनको भार कम हुने पक्षलाई विश्लेषण गर्दै सो प्रस्ताव सिफारिस गरिएको थियो । सोही अनुरूप शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सामान्य प्रशासन मन्त्रालयद्वारा बनाइएको विधेयकमा अवकाश उमेरहद ६० वर्ष बनाउन प्रस्ताव गरिएको थियो ।
बहालवाला उच्चपदस्थ सचिव र सहसचिवहरू भने उमेर हद बढाउनुपर्ने पक्षमा नै देखिएका छन् । यसका लागि ती कर्मचारीले निकै चलखेल गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए । ‘कर्मचारीहरूले आफूलाई हेरेर नियम बनाउने परिपाटी छ । तर अहिलेको मन्त्री र केही कर्मचारीको प्रयासमा त्यसलाई सफल हुन दिएनौं।’ –मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया