काठमाडौँ

देशभर तीन तहको सरकार सञ्चालन गर्न स्थानीयतह, प्रदेश र संघमा गरी कुल १ लाख १७ हजार निजामती कर्मचारी आवश्यक पर्ने भएको छ । "/>

१ लाख १७ हजार कर्मचारी आवश्यक

१ लाख १७ हजार कर्मचारी आवश्यक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

देशभर तीन तहको सरकार सञ्चालन गर्न स्थानीयतह, प्रदेश र संघमा गरी कुल १ लाख १७ हजार निजामती कर्मचारी आवश्यक पर्ने भएको छ ।

संगठन तथा व्यवस्थापन (ओएनम) सर्वेक्षणले देशभर १ लाख १७ हजार कर्मचारी आवश्यक पर्ने देखाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संघमा मात्र ३० हजार कर्मचारी आवश्यक पर्छ । सबैभन्दा बढी कर्मचारी स्थानीयतहमा आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । स्थानीय तहमा ५७ हजार ६ सय कर्मचारीको आवश्यकता रहेको ओएनएम रिर्पोटमा जनाइएको छ । प्रदेशमा भने संघ र स्थानीयतहका तुलनामा कम कर्मचारी आवश्यक पर्ने पनि रिर्पोटमा जनाइएको छ । एउटा प्रदेशमा करिब तीन हजार कर्मचारी आवश्यक पर्छ । सो अनुसार सात वटा प्रदेशमा कुल २१ हजार कर्मचारी आवश्यक छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ओएनएम रिर्पोटमा देशभर करिब १ लाख १७ हजार निजामती कर्मचारी आवश्यक पर्ने देखिएको बताए । उनले भने, ‘५७ हजार ६ सय कर्मचारी स्थानीयतहमा, २१ हजार प्रदेशमा र ३० हजार कर्मचारी केन्द्रमा आवश्यक पर्ने देखिएको छ ।’ स्थानीयतहमा हालसम्म ४० हजार कर्मचारी पुुगिसकेको पनि मन्त्रालयले जनाएको छ ।

बाँकी नपुग करिब १८ हजार कर्मचारी आगामी असार मसान्त सम्म पठाउने तयारी सरकारले गरेको छ । प्रवक्ता अधिकारीले भने, ‘आगामी असारसम्म सबै स्थानीय तहमा आवस्यक सबै कर्मचारी पठाइसक्ने तयारी सरकारले गरेको छ ।’ मन्त्रालयले खटाएका कर्मचारीलाई स्थानीय तहमा पुर्याउन सरकारले आगामी साउनदेखि सरूवा गरेका कर्मचारीको तलब सम्बन्धित कार्यालयमै पठाउने तयारी गरेको छ ।
नागरिकबाट

Logo