काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका बेला भएको पदीय भागवण्डामा असन्तुष्टि जनाएका छन् । भागवण्डामा चित्त नबुझिएकै कारण रावल पार्टी एकीकरण समारोहमा उपस्थित नभएको उनी निकट स्रोतको दाबी छ । रावलसँगै नेता झलनाथ खनाल पनि असन्तुष्ट छन् । उनले आइतबार सार्वजनिक रुपमै पदीय बाँडफाँड र रोलक्रममा आपत्ति जनाएका छन् ।
दुई दलको एकीकरण प्रक्रियामा रावल र खनालको योगदान रहेको छ । तर उनीहरु नै उपेक्षामा परेका हुन् । तत्कालिन एमालेमा उपाध्यक्षको भुमिकामा रहँदा पार्टीमा प्रतिपक्षी भुमिकामा देखिने र गलत कदम विरुद्ध प्रश्न उठाउने रावल एकीकृत पार्टीको सचिवालय भित्र समेत परेनन् ।
स्रोतका अनुसार दुवै पार्टीका बहालवाला महासचिव खाली गरेर एकीकृत पार्टीको महासचिव रावललाई बनाउने सहमति बनेको थियो । तर सहमति कार्यान्वयन नभएपछि रावलले आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसंग छलफल गरेका छन् । उनले सोमबार सम्म आफ्नो विषयमा कुनै निर्णय नभए कडा कदम चाल्ने चेतावनी दिएको स्रोतको भनाई छ ।
नागरिकबाट





























प्रतिक्रिया