दार्चुला

गत २४ वैशाखमा व्यास २ का ३५ वर्षीया सकुन्तला भण्डारी महाकाली नदीमा बेपत्ता भइन् । "/>

अझै पनि तुइनकै सकस, अकालमै जान्छ ज्यान

अझै पनि तुइनकै सकस, अकालमै जान्छ ज्यान

केन्द्रबिन्दु
0
Shares

दार्चुला

गत २४ वैशाखमा व्यास २ का ३५ वर्षीया सकुन्तला भण्डारी महाकाली नदीमा बेपत्ता भइन् । महाकाली नदी वारपार गर्ने बेला अस्थायी काठेपुलबाट लडेर बेपत्ता भएको दुई साता हुँदैछ । महाकाली नदीमा वारपार गर्ने झोलुंगे पुल नहुँदा अहिले पनि नागरिकले अनाहकमै महाकाली नदीमा ज्यान गुमाउने गरेको यो पछिल्लो उदाहरण हो ।

‘महाकाली नदीमा लगाइएका तुइन विस्थापन गर्ने नारा लिएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि प्रधामन्त्री छन् । तर यहाँका नागरिकले तुइनको विकल्पमा झोलुंगे पुल नहुँदा अकालमै ज्यान गुमाउनु परेको छ,’ व्यास २ राप्लाका स्थानीय करवीरसिंह धामीले भने । यस क्षेत्रमा पुल नहुँदा हरेक वर्ष एक÷दुई जनाले ज्यान गुमाउने गरेका छन् ।

महाकाली वारपारि गर्ने विकल्प तुइन मात्रै छ, तुइन विस्थापनको पर्खाइमा स्थानीय छन् । ‘महाकालीमा बेपत्ता भएकाहरूको शव समेत पाइँदैन । अझै महाकाली नदीको व्यास गाउँपालिकाको दुम्लीङ, माल, गस्कु, बर्तीघाट, डोकट, स्याकु, नाजी, बसेडी लगायतका क्षेत्रमा तुइन यथावत छन्,’ व्यास गाउँपालिका २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले भने ।

१० वटा तुइन विस्थापन गर्ने भन्दै टेन्डर आह्वान गरिए पनि भारतीय सरकारले अनुमति नदिँदा तुइन विस्थापन रोकिएको नेपाली पक्षको भनार्इ छ । पछिल्लो समय भारतीय पक्ष नेपालका थप तीन ठाउँमा पुल लगाउन सकारात्मक देखिए पनि अन्तिम स्वीकृति नदिँदा पुल निर्माण हुन नसकेको जिल्ला प्राविधिक कार्यालयका सब इन्जिनियर एवं झोलुंगे पुल शाखा हेर्दै आएका करनसिंह धामीले बताए ।
राजधानीबाट

 

Logo