काठमाडौँ

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सातौँ दिन (शनिबार) सम्म २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । "/>

सातौँ दिन सम्म २७७ आरोही सगरमाथाको चुचुरोमा

सातौँ दिन सम्म २७७ आरोही सगरमाथाको चुचुरोमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सातौँ दिन (शनिबार) सम्म २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भए यता हालसम्म २७७ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेले जानकारी दिए ।

उनका अनुसार शनिबार मात्रै ३६ जनाले सगरमाथाको आरोहण गरेका छन् । यसमा २१ नेपाली र १५ विदेशी छन् । शुक्रबार ६५ जनाले सगरमाथा आरोहण गरेका थिए । वैशाख ३० गते आठ जना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो ।

वसन्त ऋतुको यो याममा चार नेपाली सहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् । अधिकांश आरोही सगरमाथाको चुचुरोमा पुगेर धमाधम फर्कंदैछन् भने केही आरोही आरोहणको तयारीमा छन् । कतिपय आरोही आरोहण सकेर गन्तव्यतिर पुगिसकेको सम्पर्क अधिकृत पाण्डेले बताए ।
रासस

Logo