विराटनगर
विराटनगर महानगरपालिका भित्रै पुरुष पनि महिलाहरुबाट हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ । विराटनगर महानगपालिकाको न्यायिक सेवा समितिमा महिला माथिको हिंसा मात्र नभई पुरुष माथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका हुन् ।
अहिले सम्म पुरुष माथिको हिंसाका तीन वटा उजुरीहरु न्यायिक समितिमा परेका छन् । महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीको संयोजकत्वमा बनेको न्यायिक सेवा समितिले सेवा प्रदान गर्न थालेपछि हाल सम्म ९० भन्दा वढी उजुरीहरु आएका छन् । समितिमा सम्वन्ध विच्छेद , घरेलुु हिंसा, जग्गा विवाद, पुुरुष तथा महिला हिंसा साथै झैझगडा लगायतका उजुुरी आउने गरेको उपप्रमुख कार्कीले जानकारी दिइन् । उपप्रमुख कार्कीले हालसम्म घर निकाला गरेको भनेर पुरुषहरु माथिको हिंसामा तीन वटा उजुुरी परेको जानकारी समेत दिइन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया