धनगढी

प्रदेश ७ सरकारले चालू आर्थिकवर्षका लागि ल्याएको बजेट खर्च गर्न समस्या भएको छ । "/>

प्रदेश नं. ७ : सरकारलाई बजेट खर्च गर्न समस्या

प्रदेश नं. ७ : सरकारलाई बजेट खर्च गर्न समस्या

केन्द्रबिन्दु
0
Shares

धनगढी

प्रदेश ७ सरकारले चालू आर्थिकवर्षका लागि ल्याएको बजेट खर्च गर्न समस्या भएको छ । सरकारले तीन महिने अल्पकालीन बजेटको एक महिना बितिसक्दा पनि कसरी खर्च गर्ने मेसो नै पाएको छैन । प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न समस्या देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रदीपराज कंडेलले बताए ।

जिल्लामा प्रदेश सरकारको छुट्टै संयन्त्र नहुँदा समस्या देखिएको उनको भनार्इ छ । ‘प्रदेश सरकारको आफ्नै संयन्त्र नहुनु, छोटो अवधि र केन्द्र सरकारले प्रदेशमा कर्मचारी नखटाउनु बजेट कार्यान्वयनको चुनौती रहेको छ,’ उनले भने ।

गत ९ वैशाखमा प्रदेश ७ सरकारले पहिलोपटक एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याएको थियो । बजेटको अधिकांश हिस्सा विभिन्न योजनाको सम्भाव्यता अध्ययनमा केन्द्रित थियो । त्यही कार्यान्वयनका लागि पनि मन्त्रालयहरू अलमलमा रहेका छन् ।
नयाँ पत्रिकाबाट

Logo