काठमाडौं

आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा २२ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन् । "/>

सगरमाथा आरोहणमा कामीरिताको नयाँ विश्व कीर्तिमान

सगरमाथा आरोहणमा कामीरिताको नयाँ विश्व कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा २२ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले बुधबार विहान सगरमाथाको सफल आरोहण गरेका हुन् । ४८ वर्षीय शेर्पाले यसअघि २१ अौ‌ं पटक आरोहणको आफ्नै कीर्तिमान तोडेका छन् । २१ पटक सगरमाथाको आरोहण गर्नेमा तीन जना थिए । कामीरिता सहित आपा शेर्पा र फुर्वा टाशी शेर्पाको नाममा २१ औं पटक आरोहण गरेको विश्व कीर्तिमान थियो ।

आधार शिविरबाट आरोहण थालेको चौथो दिन उनी शिखरमा पुगेका हुन् । म‌ंगलवार मौसम प्रतिकूल भइदि‌ंदा आरोहण रोकिएको थियो । मौसमले साथ दिंदा आरोहीले धमाधम सगरमाथाको आरोहण गरेका छन् । सोमवार झन्डै ५० जना स्वदेशी र विदेशीले सफल आरोहण गरेका थिए भने अहिले झन्डै सय जना अनुकूल मौसमको प्रतिक्षामा रहेको आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले २४ वर्षको उमेरमा सन १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
नागरिकबाट

Logo