काठमाडौँ

नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेका छन् । "/>

सम्झौता भएको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश

सम्झौता भएको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश


काठमाडौँ

नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेका छन् ।

भारतीय कम्पनी सतजल विद्युत निगमले निर्माण गर्न लागेको सो आयोजनाको शुक्रबार प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षीले ‘स्वीच अन’ गरेर शिलान्याश गरेका हुन् । शिलान्याश समारोहमा मन्त्रिपरिषद्का सदस्यको सहभागिता थियो । यस्तै भारतीय अधिकारीको समेत उपस्थिति थियो ।

संखुवासभामा आयोजनास्थल रहेको सो आयोजनाको आयोजनास्थलबाट नेपाल टेलिभिजनले प्रत्यक्ष दृश्य प्रसारण गरेको थियो भने होटल द्वारिकामा आयोजित समारोहमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीले स्वीच अन गरेका हुन् ।

आयोजनास्थल फ्याक्सिन्दा दोभान र शिलान्याश स्थल ‘भिडियो कन्फेरेन्स मार्फत’ जोडिएको थियो । लगानी बोर्डले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धक एसजेभिएन नेपाललाई यही वैशाख २० गते विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले महत्वपूर्ण जलविद्युत आयोजनाको निर्माण शुरुआत भएको जानकारी दिए । शिलान्याशपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
रासस

Logo